‘गुराँस अन्तर सहकारी हाजिरी जवाफ प्रतियोगिता’

गुराँस अन्तर सहकारी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
६४ औं राष्ट्रिय सहकारी दिवसका अवसर पारी सुर्खेतमा सहकारी–सहकारी बीचको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लि. को आयोजना ‘गुराँस अन्तर सहकारी हाजिरी जवाफ प्रतियोगिता’ सम्पन्न भएको छ ।
प्रतियोगिताका प्रमुख अतिथि भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालयका कार्यालय प्रमुख राजु वस्नेतले सहभागिलाई पहिलो प्रश्न गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख बस्नेतले सहकारी संघ संस्थामा आवद्ध सदस्य तथा कर्मचारीहरुलाई सहकारी सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयमा ज्ञान हासिल हुने बताउनु भयो । उहाँले सहकारी दिवसका अवसरमा हरेक बर्ष यस्ता कार्यक्रम आवश्यक रहेको बताउनु भयो ।
गुराँस खबरका प्रद्यान सम्पादक रमेश कुमार पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका ७ वटा सहकारी बीच अन्तिम प्रतिस्प्रर्धा भएको थियो । प्रतियोगितामा वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था प्रथम, वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संंस्था द्धितीय, मंगलगढी वहुउद्देश्यीय सहकारी संस्था लि. तृतीय र स्वावलम्बि बचत तथा ऋण सहकारी संस्था लि. सान्वना भएका छन् ।
विजयीलाई भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालयका तर्फबाट प्रथमलाई २० हजार, दोस्रो लाई १५ हजार, तृतीयलाई १० हजार र सान्वनालाई ५ हजार र सम्मान दिएको छ ।
कार्यक्रममा बोल्दै गुराँस खबरका प्रधान सम्पादक रमेश कुमार पाण्डेले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरनतरता दिने बताउनु भयो । कार्यक्रम शिव शिखर वहुउद्देश्यीय सहरकारी संस्था लि. सुर्खेत शाखा, वीरेन्द्रनगर साकोस, वातावरण सुधार वहुउद्देश्यीय सहकारी संस्था, मंगलगढी वहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर वहुउद्देश्यीय सहकारी संस्था र सांग्रीला डेभलपमेन्ट वैंकको सहप्रायोजनमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close