ब्राइटल्याण्डमा स्पोर्ट मिट २०८२को उद्घाटन, विद्यार्थीद्वारा मार्चपास

वीरेन्द्रनगर नगरपालिका–११, पिपीरा स्थित ब्राइटल्याण्ड सेकेन्डरी स्कुलमा ‘स्पोर्ट मिट २०८२’ सुरु भएको छ। विद्यालयका संस्थापक अध्यक्ष बालदिप कंडेलको अध्यक्षतामा सुरु भएको खेलकुद सप्ताह माघ १६ गतेसम्म सञ्चालन हुनेछ।

स्पोर्ट मिटको उद्घाटन वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव धिरेन्द्र प्रसाद शर्माले गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै उपसचिव शर्माले खेलकुद मनोरञ्जनका लागि मात्र नभई स्वस्थ जीवनशैली निर्माणका लागि अत्यावश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीलाई अनुशासित, सक्रिय र प्रतिस्पर्धी बनाउने कार्यमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। साथै नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरी मुख्य उपाधि हासिल गर्न सक्ने अवसर रहेको बताउनुभयो।

कार्यक्रमको अवसरमा विद्यार्थीहरूले विद्यालय परिसर तथा पिपीरा क्षेत्र हुँदै मार्चपास समेत गरेका थिए, जसले खेलकुद सप्ताहलाई थप उत्साहपूर्ण बनाएको थियो।

विद्यालय सञ्चालिका विमला कंडेलले खेलकुद सप्ताहको सदुपयोग गर्न विद्यार्थीहरूलाई आग्रह गर्दै विद्यालयले सधैं विद्यार्थीको शारीरिक तथा मानसिक विकासलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो।

प्रधानाध्यापक माधव भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै हरेक वर्षझैं यस वर्षको स्पोर्ट मिटलाई पनि अनुशासित र प्रभावकारी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो। “शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद” भन्ने नारालाई व्यवहारमा उतार्दै विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रमका क्रममा वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीको निर्देशनमा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। खेलकुद सप्ताहको सहजिकरण अतिरिक्त विभाग प्रमुख तीर्थबहादुर बुढाले गर्नुभएको थियो।

खेलकुद सप्ताहअन्तर्गत विभिन्न प्रतियोगितामार्फत विद्यार्थीहरूको खेलकुद प्रतिभा अभिव्यक्त हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close