कर्णालीमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ (भिडियाे सहित)

सुर्खेत ५, बैशाख ।
कर्णाली प्रदेशका नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीसँग पद तथा गोपनीयताको सपथ लिएका छन् ।
मुख्यमन्त्री शाहीले अमर थापालाई भौतिक पूर्वाधार मन्त्री, नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त गरेका थिए । उनीहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका थिए । सपथ लिने मन्त्रीहरु एमालेका माधव नेपाल समूहका हुन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close