मन्त्रिपरिषद् विस्तारविरुद्धका रिट आज पनि पेशीमा, फेरि हेर्न नभ्याइने सम्भावना

प्रतिनिधि सभा विघटनपछि स्वतः कामचलाउ बनेको मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै परेका रिट सर्वोच्चमा आज पनि पेशी चढेको छ, यद्यपि सुनुवाइ गर्न भ्याइने सम्भावना भने क्षीण देखिएको छ ।

न्यायाधीश वमकुमार श्रेष्ठको इजलासमा परेका ती रिटअघि अन्य ८ वटा रिट छन् ।

मन्त्रिपरिषद् विस्तारविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता लोकेन्द्र ओली लगायतले छुट्टाछुट्टै रिट दायर गरेका छन् ।

यी रिटमाथिको सुनुवाइ यसअघि २ पटक सरिसकेको छ ।

बिहीवार न्यायाधीश कुमार रेग्मीको इजलासमा परेपनि हेर्न नभ्याइने भन्दै सुनुवाइ सरेको थियो ।

त्यसअघि बुधवार न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको रिटमाथिको सुनुवाइ यसैगरी स्थगित भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै डेढ साता अघि मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close