सुर्खेत कारागारका १६ कैदीवन्दीलाई आममाफी

 

सुर्खेत । सुर्खेत कारागारमा कैद जीवन विताइरहेका १६ जनाले आममाफी पाएका छन् । ७२ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीको सुर्खेतका १६ जनाले आममाफी पाउन लागेका हुन् ।

आममाफी पाउनेहरुमा १२ जना पुरुष र चार जना महिला रहेको कारागार कार्यालय सुर्खेतका निमित्त प्रमुख भुवन गौतमले जानकारी दिनु भयो । उहाँकाअनुसार आममाफी पाउनमो कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, बहुविवाह र सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेकाहरु छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशका विभिन्न कारागारमा रहेको ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close