
डिभिजन वन कार्यालय सुर्खेतले अवैध काठ र काठ बोक्ने गाडि बरामद गरेको छ । अवैध रुपमा अाइतबार राती २ बजे लेकवेसी नगरपालिका वडा नं. ६ कल्यानबाट २३ क्यूफिट चिरान काठ सहित भे १ ज ५३६२ नम्मरको ट्रक र चालकलाइ पक्राउ गरेको हो ।
डिभिजन वन कार्यालय सुर्खेतको गस्ती टोलीलाई गोप्य सूचनाको आधारमा रातीको समयमा काठ ढुुवानी भएको जानकारीका आधारमा लेकवेसी नगरपालिकाको कार्यालय नजिकैबाट काठ बरामद गरिएको डिभिजन वन कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत घनश्याम चपाईले बताए । उनका अनुसार काठ ओसार पसारमा सम्लग्न गाडीका चालक हुमबहादुर तारमलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको छ ।
पछिल्लो समय रातीको समयमा अवैधरुपमा ढुङ्गा, बालुवा, गिट्टीका साथै काठ तस्करी बढेको छ। सामुदायिक बनका पदाधिकारीकै मिलेमतोमा अबैधरुपमा प्राकृतिक स्रोतको दहन बढ्दै गएको स्थानीयको आरोप छ।