तीन जना कुलपतिहरूले पद तथा गोपनीयताको शपथ लिए

नवनियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले शपथ लिएकी छन् । त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले शपथ लिएका छन् । त्यसैगरी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छालीले शपथ लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close