मन्त्री ज्वालाको पहलमा ४ सय २३ मजदुरको उद्धार

सल्यान ९, बैशाख ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको पहलमा भक्तपुरका बिभिन्न ईट्टाभट्टामा काम गर्ने मजदुरहरुको उद्धार गरिएको छ । लकडाउनका कारण खान बस्नको लागी समस्यामा परेका सल्यानका ४ सय २३ जना मजदुरहरुको उद्धार गरिएको हो । भक्तपुरको ईट्टाभट्टामा काम गर्दै आएका सल्यानका मजदुरहरुलाई खान र बस्नको समस्या भएका उनीहरुको सोमवार उद्धार गरिएको हो ।

‘भक्तपुरको ईट्टाभट्टामा काम गर्ने मजदुरहरुको उद्धार गरेर गएराती १२ बजे ७ वटा गाडीमा सल्यान पठाएका छौँ, आज पनि बाँकी रहेका ४ सय मजदुरलाई सल्यान पठाउने तयारी भैरकेको छ’ सल्यान प्रदेश सभा ख बाट निर्वाचित मन्त्री ज्वालाले भन्नुभयो । उहाँले अन्य बिभिन्न जिल्लामा रहेका मजदुरहरुको पनि उद्धारको लागी प्रयास भैरहेको बताउनुभयो ।

उद्धार गरिएकामा सल्यानको माझँकाँडा, कुपिण्डे दह, निगालचुँला, घाँजरी र शारदा नगरपालिकाका गरेर ४ सय २३ जना रहेका छन् । मन्त्री ज्वाला, नेकपा नेताहरु उदय बहादुर बोहरा, युवा नेता रमेश मल्ल, लक्ष्मण केसी, तिलक भण्डारी, जीवन बिसी, वीर बहादुर राउत, ब्यवसायी होम डाँगी र दिलिप ओली लगाएतको पहलमा उनीहरुको उद्धार गरिएको हो । आज पनि भक्तपुरबाट ४ सय बढीको उद्धार गरेर सल्यान पठाउने तयारी भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close