सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ।
सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने प्रधानमन्त्री पुष्पकमल दाहालले अडान लिएपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
स्रोतका अनुसार रास्वपालाई गृहमन्त्रालय पनि नदिने सन्देश प्रधानमन्त्री दाहालले दिएसँगै पार्टीले कठोर निर्णय गरेको हो ।
आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सरकारबाट बाहिरिने निर्णय भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close