सभामुख प्रकरणमा तनाबमा परेकी डा.तम्बाहाङफे एकाएक अस्पताल पुगेपछि

काठमाडौं – राजीनामालाई लिएर विवाद भइरहेका बेला उपसभामुख डा.शिवमाया तुम्बाहाङफे उपचारका लागि वीर अस्पताल पुगेकी छिन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूलाई लिएर उपसभामुख डा.तुम्बाहाङफे वीर अस्पताल पुगेकी हुन् । उनले वीर अस्पतालमा होलबडी चेकअप गर्नेछिन् ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख पदबाट राजीनामा दिन दवाव दिइरहेका बेला डा.तुम्बाहाङफे उपचारका लागि अस्पताल पुगेकी छिन् ।
स्रोतका अनुसार डा.तुम्बाहाङफेलाई तनाव महशुस भएको थियो । डा.तुम्बाहाङफेको सचिवालयले नियमित चेकअपका लागि वीर अस्पताल गएको जनाएको छ ।
ओली र दाहालले राजीनामा दिन दवाव दिएपनि डा.तुम्बाहाङफेले राजीनामा दिन अस्वीकार गर्दै आएकी छिन् । स्रोतका अनुसार डा.तुम्बाहाङफेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएकी छिन् । राष्ट्रपति भण्डारीकै सुझाव र सल्लाहमा डा.तुम्बाहाङफेले राजीनामा नदिएको चर्चा छ ।
प्रधानमन्त्री ओलीले सुवासचन्द्र नेम्वारूलाई सभामुख बनाउन खोजेका छन् । तर, दाहालले अग्नि सापकोटालाई सभामुख बनाउन चाहेका छन् ।
सभामुख बन्न पम्फा भुसाल, देव गुरुङ पनि पर्खेर बसेका छन् । सभामुख पूर्वमाओवादीको भागमा परेअनुसार अहिले पनि आफूहरूले पाउनुपर्ने नेकपाका दोस्रो कार्यकारी अध्यक्ष दाहालको दाबी छ ।
ओलीले पार्टी एकीकरण भइसकेका कारण भागबण्डाभन्दा पनि आवश्यक्ता र समय परिवेशअनुसार नेम्वाङलाई बनाउनुपर्ने अडानमा रहेका छन् ।
सभामुख पद पूर्वमाओवादीले छाड्ने हो भने संवैधानिक परिषदमा दाहालको प्रतिनिधि हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close