केशव र दीपक कलाकारको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली,सबैका आँखा रसाए

काठमाडौँ – चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार केशव भट्टराई र दीपक क्षेत्रीप्रति अन्तिम श्रद्धाञ्जली कार्यक्रम अहिले भइरहेको छ । चलचित्र विकास बोर्डको कार्यालयमा दुवै कलाकारको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।

श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेल पनि पुगेका छन् । कांग्रेस नेता शेखर कोइरालाले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् । श्रद्धाञ्जली व्यक्त गर्न कलाकारहरुको ठूलो उपस्थिति छ । दुवै जनाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

नेपाली चलचित्र क्षेत्रका दुई हस्तीको निधनले सारा नेपाली मर्माहत भएका छन् । शनिबार कलाकार दीपक क्षेत्री र आइतबार राति कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधनले कलाक्षेत्रसहित सारा नेपाली दुःखी भएका छन् ।
दिवंगत क्षेत्री र भट्टराईको पार्थीव शरीरलाई श्रद्धाञ्जलिका लागि सोमबार दिउँसो चलचित्र विकास बोर्डको कार्यालय परिसरमा राखिएको थियो । उनीहरुलाई श्रद्धाञ्जलि दिन पुगेका कलाकारहरु बलिन्द्र आँशु बगाउँदै रोइरहेका थिए । कलाकारमात्रै होइन श्रद्धाञ्जलि दिन पुगेका सबैका आँखा रसाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close