‘जनयुद्धको जगमा संघीय गणतन्त्र’

सुर्खेत,१ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनयुद्धको जगमा लोकतान्त्रीक संघीय गणतन्त्र स्थापना भएको बताएका छन् । मुख्यमन्त्री शाहीले शनिबार २६औं जनयुद्ध दिवसको शुभकामना दिँदै १० वर्षे जनयुद्धको जगमा संघीय गणतन्त्रको स्थापना भएको बताएका हुन् ।

मुख्यमन्त्री शाहीले जनयुद्धका उपलब्धिहरूमाथि प्रश्न गर्नेहरूप्रति सचेत रहनुपर्ने बताएका छन् । ‘महान जनयुद्धका कारण प्राप्त राजनीतिक उपलब्धिहरूको उपभोग गर्ने तर, जनयुद्धलाई अस्वीकार गर्ने, यसको महानतालाई खिसिट्युरी गर्ने प्रवृतिप्रति सचेत रहन आवश्यक छ,’ उनले विज्ञप्तिमा भनेको छन्, ‘१० वर्षीय जनयद्ध, जनआन्दोलन र विभिन्न न्यायपूर्ण आन्दोलनका क्रममा आफ्नो जीवनको आहुती दिने सदिहप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइते, बेपत्ता तथा अपाङ्गता बनेका योद्धाहरूको उच्च सम्मान गर्दछु ।’

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close