सम्पादक वली पुरस्कृत

गुराँस खबर डटकमका सम्पादक एवम नेपाल टेलिभिनका सुर्खेत संवाददाता मानबहादुर वलीलाई नेपाल टेलिभिजनले उत्कृष्ट सम्वाददातामा पुरस्कृत गरेको छ । नेपाल टेलिभिजनको ३८ औं बार्षिक उत्सवको अवसरमा कर्णाली प्रदेशको उत्कृष्ट सम्वाददाताको रुपमा वली पुरस्कृत हुनु भएको हो ।
आर्थिक बर्ष २०७८।०७९ मा गरिएको कार्य मुल्यांकनको आधारमा टेलिभिजनका सुर्खेत संवाददाता वली नगद पुरस्कार सहित पुरस्कृत हुनु भएको हो । वली सहित अन्य ६ प्रदेशबाट एक एक जना संवाददाताहरु पुरस्कृत हुनु भएको हो ।
२०६८ बाट टेलिभिजन पत्रकारिता गर्दै आएका ओलीले सुर्खेतमा बसेर मोफसलमा उत्कृष्ट टेलिभिजन पत्रकारिता गर्र्र्दै आउनु भएको छ । उहाँ सुर्खेतबाट संचालित गुराँस खबर डटकमका सम्पादक समेत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close