मतदाता नमूना शिक्षा कार्यक्रम सम्पन्न

सुर्खेत,२३ बैशाख । स्थानीय तहनिर्वाचनमा महिला, दलित तथा सिमान्तकृत समुदायको सहभागिता बिषयक प्रदेश स्तरीय सार्वजनिक सम्वाद कार्यक्रम बिहिबार बिरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।
युएनडिपि, ईएसपि र युएन वमेनको सहयोग र बास नेपालको आयोजनामा उक्त कार्यक्रम भएको हो । सम्बाद कार्यक्रममा महिला, दलित तथा पिछडीएका समुदायको निर्वाचनमा सहभागिता सुनिश्चित गर्न र निर्वाचनलाई शान्तिपुर्ण र मर्यादित बनाउन प्रशासन, सम्बन्धित सरोकारवालानिकाय र सबै राजनितिकदलहरु जिम्मेवार हुनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।


सम्बाद कार्यक्रममा बोल्दै प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गा प्रसाद चालिसेले संविधान र ऐनको परिधिभित्र रहेर सबै राजनितिकदलहरुले आफ्ना गतिविधिहरु सञ्चालन गर्नुपर्ने बताउदै निर्वाचन आचारसहिंता पालना गर्नुपर्ने बताउनु भयो । उहाले निर्वाचनमा आफ्नो मताधिकारको स्वतन्त्र रुपमा उपयोग गर्न र आफुले चाएको ब्यक्तिलाई डरकाप विना मतदान गर्न अपिल गर्नु भयो । सम्बाद कार्यक्रम अन्तर्गत छलफलको क्रममा निर्वाचन आचार संहिता पूर्ण रुपमा पालना गर्ने र गराउने, अपांगता भएका ब्यक्तिहरुका लागि निर्वाचन केन्द्र सम्म यातायातको सहजपहुँच र अपांगता मैत्री केन्द्र बनाउने तर्फ ध्यानदिनुपर्ने, महिला तथा सिमान्तकृत वर्गको सहभागिताका लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने, शान्तिपूर्ण रुपमा मताधिकारको प्रयोग गर्ने वातारणको सिर्जना गर्नुपर्ने लगायत बिषयमा सहभागिहरुले सरोकारवालाहरुलाई सुझाव दिनु भएको थियो ।

बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको सम्बाद कार्यक्रममा निर्वाचनमा महिला, दलित र सिमान्तकृत समुदायको अवस्था र सहभागिताका र लैगिँक समानता तथा सामाजिक समावेशिकरणको विषयमा बासका स्रोतब्यक्ति मन भण्डारी र स्थानीय निर्वाचन र मतदाता शिक्षाको विषयमा प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गा प्रसाद चालिसेले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा राजनितिक दल, सरकारी कर्मचारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सिमान्तकृत तथा दलित समुदायका महिलाहरु, पत्रकार लगायत गरी १०० बढीको सहभागिता रहेको थियो । कार्यक्रमको अन्तयमा मतदान गर्दा आफनो मत लाई कसरी बदर हुन नदिने भन्दै सहभागिहरुलाई नमुना मतदान गर्न लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close