खोप तुलनात्मक रूपमा सुरक्षितः कन्सल्टेन्ट फिजिसियन डा. न्याैपाने

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बुुधबारदेखि खोप लगाउने तयारी थालेको छ । निर्देशनालयबाट प्राप्त जानकारी अनुुसार कर्णालीका १२ अस्पताललाई केन्द्र बनाएर खोप लगाइने भएको हो । कर्णालीका आठवटा जिल्ला अस्पतालका साथै वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल, मेहेलकुना अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुमलाई केन्द्र बनाएर कोरोनाविरुद्धको खोप लगाइनेछ ।

पहिलो चरणमा करिब २४ हजार खोप आइपुगेको र पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्राको खोप लगाइने छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सङ्क्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने छ ।
यसै सन्दर्भमा सरकारले ढुक्क भएर खोप लगाउन आग्रह गरे पनि सर्वसाधारणमा खोपको विषयमा शंका रहेको देखिन्छ । छोटो समयमा खोप विकास हुनु र कतिपय मुलुकमा यसको दुष्प्रभाव देखिएका घटनाले शंका बढाएको हो । हामीले आज गुराँस खबरको डाक्टरसँग कार्यक्रममा कन्सल्टेन्ट फिजिसियन डा. प्रदिप न्यौपानेसँग खोपका विषयमा उब्जिएका जिज्ञासाहरु राखेका छौ ।

भिडियाे हेर्नुहाेस । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close