लागूऔषधसहित एकजना पक्राउ

प्रहरीले ४४ ग्राम लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम नगरपालिका १२ बस्‍ने २४ वर्षीय सुजन बाला राई रहेका छन् ।
ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close