लागूऔषधसहित दुईजना पक्राउ

कैलालीमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुरका २७ वर्षीय दिनेश नाथ र गोदावरी नगरपालिका–४ बुढितोलाका ३६ वर्षीय शेर बहादुर तामाङलाइ लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम ३ सय ७० मिलिग्रामसहित सोमबार पक्राउ गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close