कर्णालीमा पानीको सतहले खतराको तह पार गर्ने जोखिम, अरु नदीमा पनि बाढीको सम्भावना

कर्णालीमा पानीको सतहले खतराको तह पार गर्ने जोखिम बढेको छ ।

बर्दियामा नदी आसपासका बासिन्दालाई सुरक्षित भएर बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ । अहिले त्यहाँ पानीको सतह ९ दशमलव ३ मिटर पुगेको र १० पुगेपछि खतराको तह पार हुने भएकाले सावधानी अपनाउन प्रमुख जिल्ला अधिकार लिलाधर अधिकारीले आग्रह गर्नुभयो ।

यस्तै ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ७ बठनपुरलगायतका ठाउँका डुबान भएपछि अहिले उद्धारको काम चलिरहेको छ ।

अरु नदी खोलामा पनि बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी, कन्काई, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबइसहितका अरु नदी खोलामा अबको तीन दिन बाढीको जोखिम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close