मुगु अस्पतालमा ब्याक टु लाइफको सहयोग

मुगु, ९ असोज ।

  • ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय परियोजना साझेदार संस्था मानवअधिकार वातावरण तथा विकास केन्द्रमार्फत् मुगु जिल्ला अस्पताललाई एक कार्यक्रमका बीचअस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । शनिबार सम्पन्न एक कार्यक्रममा तीस्वास्थ्य सामग्री जिल्ला समन्वय समितिका प्रमुख पूर्णवहादुर रोकाय र मुगु जिल्लाका प्रमुखजिल्ला अधिकारी चन्द्रवहादुर शिवाकोटीलाई ब्याक टु लाइफका कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल, प्रशासनिक निर्देशक अच्युत प्रसाद पौडेल र साझेदार संस्थाका अध्यक्ष राजु कार्कीद्वारा हस्तान्तरणगरिएको हो ।

संस्थाले पोर्टेबल एक्स-रे मेशिन १ थान, बेन सर्किट्स १० थान, पोर्टेबल युएसजी मेशिन १ थान, इनफ्युजन पम्प १ थान, सिरिन्ज पम्प १ थान र प्यासेन्ट मोनिटर ५ थान प्रदान गरेको छ ।

कोभिड–१९ एवं गम्भिर प्रकृतिका रोग र शारिरिक समस्याको उपचार तथा व्यवस्थापनमा सहयोग हुनेकरिब रु २५ लाख बराबरका यी स्वास्थ्य सामग्री आजै हस्तान्तरण गरिएको हो । ब्याक टु लाइफलेह्रेन्डेक संस्थामार्फत् मुगु अस्पतालमा निकट भविष्यमै करिब रु ८० लाखको लागतमा अक्सिजनप्लान्ट जडान गर्ने र त्यसको लागि साझेदार संस्था मार्फत् खरिद प्रकृया सुरु भइसकेको कुराहस्तान्तरण कार्यक्रममा ह्रेन्डेकका अध्यक्ष राजु कार्कीले जानकारी गराए ।

जिल्ला अस्पतालका प्रमुख ज्ञानसिं बूढाले अस्पताललाई अत्यावश्यक सामग्री प्रदान गरिएकोमाखुसी व्यक्त गर्दै यी सामग्रीको यथोचित प्रयोगले मुगुका जनताले स्तरीय स्वास्थ्य सेवा पाउनेजानकारी गराए ।

ब्याक टु लाइफ जर्मन आइ एन जी ओ हो । यस संस्थाले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्यर सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ ।

ब्याक टु लाइफले मुगु जिल्लामा विद्यालय भवन निर्माण, बर्थिंग सेन्टर निर्माण तथा संचालन, ग्रामिणखानेपानी, स्कुल शिक्षा छात्रवृति, विद्यालय स्वास्थ्य कार्यक्रम, स्वास्थ्य शिविर आदि कार्यक्रमसंचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close