बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न

राजु कोइराला जेठ २८, नर्थ क्यारोलाइना, अमेरिका ।

चितवन घर भइ हाल अमेरिकाको नर्थ क्यारोलाइना राज्यको RTP क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुको आयोजनामा बृहत  बनभोज कार्यक्रम गरिएको छ ।   यस बर्षको बृहत बनभोज कार्यक्रम नर्थ क्यारोलाइना, केरीमा भब्य र सभ्य रुपमा सम्पन्न भएको आयोजक मध्येका एक सदस्य प्रकाश ढुङ्गानाले जानकारी दिनु भयो l हरेक बर्ष एक पटक गरिदै आएको पिकनक कार्यक्रम यो पटकसँगै तेस्रो पटक आयोजना गरिएको हो ।”Chitwane in RTP, Meet & Greet Program” नाम दिइएको उक्त बनभोजमा चितवन मात्र नभइ अन्य जिल्ला घर भएर यही एरियामा बसोबास गर्ने नेपालीहरु र अन्य सिटि तथा स्टेटहरुबाट समेत उल्लेख्य सहभागिता रहेको थियो l

बनभोज कार्यक्रम बिहान ११ बजेबाट सुरु भएर साँझ ६ बजे सम्म सन्चालन भएको थियो l बनभोज कार्यक्रम सबैभन्दा ब्यबस्थापकिय पक्ष एक्दमै राम्रो गरिएको र खानाको परिकार पनि राम्रो भएको बनभोज कार्यक्रममा उपस्थित एक सहभागिले बताए । यस्ता खाले बनभोज कार्यक्रम गर्दा भद्रगोल हुने गर्दछ किनभने मानिसहरुको भिडभाडले गर्दा कहि न कहि समस्या खडा हुने गर्दछ तर यो बनभोज कार्यक्रममा व्यवस्थापनको पाटो एक्दमै बलियो लागेको अर्का सहभागिले बताए । यसपालिको बनभोज अघिल्लो बर्षहरुको भन्दा बृहत रहेको आयोजकले जनाएको छ l बनभोजमा बालबालिका, यूवा र प्रौढहरु केन्द्रित खेलकुद तथा मनोरन्जनका कार्यक्रमहरु राखिएको र उक्त कार्यक्रमका लागि थुप्रै भोलीन्टीयर्स समेत खटाइएको थियो l

बिदेशको ब्यस्त दैनिकिलाई एकदिन भएपनि थाती राखेर खुला मैदानमा एकआपसमामा भेटघाट भएर सुख-दु:ख साटासाट गर्ने हेतुले र बिशेषगरी नेपालबाट छोरा-बुहारी या छोरी ज्वाइँ नाती -नातिना भेट्न आउनु भएका बुवा -आमाहरुलाई एक दिन भएपनि अभिभाबक मिलन गराउने हेतुले समेत कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ l साथै एउटै शहरमा बसेर पनि आपसी चिनजान भएका बर्षौदेखी भेट हुने अबसर नपाएका नेपालमा एकै जिल्ला या छिमेकी जिल्लामा घर भएका तर आ-आफ्नो ब्यस्तताले गर्दा लामो समय देखी पुन भेट्घाट हुन नपाएका साथीभाइहरुका लागि समेत पुनर्मिलन गर्ने गराउने उपयुक्त संगमको रुपमा समेत यो बनभोजलाई हेरिएको थियो । बनभोज कार्यक्रममा सहभागिहरुको सल्लाह, सुझाबको अपेक्षा समेत गरिएको छ। तपाइहरुको सल्लाह सुझाबले आगामी बर्षको लागि थप परिमार्जित गर्दै बनभोज कार्यक्रमलाइ अझै राम्रो ब्यबस्थापन गर्न हामिलाइ हौसल्ला मिल्ने आयोजक मध्येका एक बिमल अधिकारीले बताउनु भयो । कार्यक्रममा सहभागीहरुले नाचगान गर्दै भरपुर मनोरञ्जन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close