प्रधानमन्त्रीको स्पष्टोक्तिः संसद विघटनको विषय प्रवेश पाएकाले सत्ता गठबन्धन परिवर्तन गर्नुपर्‍यो

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा पहिलो दिन नै संसद विघटनको विषय प्रवेश पाएकाले सत्ता गठबन्धन परिवर्तन गर्नुपरेको स्पष्टीकरण दिनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने प्रश्ताव प्रश्तुत गर्दै उहाँले यस्तो स्पष्टीकरण दिनुभएको हो । उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै संसदमा पहिलो दिन नै संसद विघटनको कुरा उठाउनु गर्वको विषय नरहेको दाबी गर्नुभयो ।

उहाँले राष्ट्रपति जस्तो सम्मानित संस्था पटकपटक राजनीतिक विवादमा परेको र त्यसले लोकतन्त्रप्रतिको जनआस्थाकै मानमर्दन गरेको अवस्थामा आफूले नयाँ राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने नयाँ शुरुवात गरेको बताउनु भयो । प्रधानमन्त्री दाहालले छोटो अवधिमा धेरै उल्लेखनीय काम भएको बताउनु भयो ।

उहाँले सो अवसरमा बढ्दो व्यापार घाटालाई नियन्त्रण गरी निकासी प्रवद्र्धन तथा आयात व्यवस्थापनका लागि नयाँ नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयनमा ल्याइएको बताउनु भयो । उहाँले खर्च नियन्त्रणका लागि अत्यावश्यक बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीहरूलाई विदेश भ्रमणमा रोक लगाइएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले नेपालले एकीकृत रुपमा फरक ढंगले सोच्न थालेको सन्देश दिनु आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close