
काठमाडौं – नेपाली स्काउटलगायत संस्थाको पहलमा चराचुरूंगी जनावर र माछालाई खानेकुरा खुवाइएको छ । स्काउट, रुटिन अफ नेपाल बन्द अभियान र कोभिड १९ सूचना केन्द्र नेपालको सहकार्यमा मंगलबार बिहान पशुपतिनाथ, गुहेश्वरी, र किरातेश्वर वरपर बाँदर, कुकुर, चरा तथा केही माानिसलाई खानेकुरा खुवाएको हो ।
यस्तै कोटेश्वर–भक्तपुर सडकखण्डमा, सिर्जनानगरमा कुकुरहरूलाई खानेकुरा तथा सिद्धपोखरीमा माछालाई दाना र चराहरूलाई आहारा खुवाएको अभियानले जनाएको छ। कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी, नायिका वर्षा राउत र संजोग कोइराला लगायत उपस्थित थिए। अभियानले ९ दिनयता सडकमा रहेका जनावर र पक्षीहरूलाई खानेकुरा खुवाउँदै आएको छ।