
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभए पनि बुधबार बिहान देशको पहाडी भेगमा मौसम आंशिक बदली छ भने तराईमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका केही भूभागमा हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले छ ।
आगामी ३ दिनको मौसम पूर्वानुमान यस्तो छ :
पुस २९ गते (बुधबार)
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली साथै देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
माघ १ गते (बिहीबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
माघ २ गते (शुक्रबार)
दिउँसो : सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
राती : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।