नदीमा डुबेर एक जनाको मृत्यु

कर्णाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु छायानाथ रारा नगरपालिका–१३ रुगाका ४६ वर्षीय मान बहादुर लावड रहेका छन् । उनी कर्णाली नदीमा बालुवा लिन गएका थिए । त्यही अवस्थामा पानी खान जाने क्रममा चिप्लिएर नदीमा डुबेको प्रहरीले जनाएको छ ।
नदीमा डुबेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए भने उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको मुगु प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close