वीरेन्द्रनगरका सामुदायिक विद्यालयका कर्मचारीको तलब बढ्यो

वीरेन्द्रनगर भित्रका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले विद्यालय खुलेपछि प्रोत्साहन भत्ता पाउने भएका छन् । लामो समयदेखि न्यन तलबमा कार्यरत वीरेन्द्रननगरका विद्यालय कर्मचारी, बाल विकास शिक्षक र सामुदायीक सिकाइ केन्द्रका कर्मचारीलाई नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउने तयारी गरेको छ ।
वीरेन्द्रनगर भित्रका ८६ जना कार्यालय सहयोगी, ९६ जना बाल विकास शिक्षक र ५ जना सामुदायिक अध्ययन केन्द्रका कर्मचारीलाई नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउने वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिनु भयो । उहाँका अनुसार ४ हजार तलब खाने बिद्यालय कर्मचारीलाई प्रोत्साहन भत्ता सहित मासिक ७ हजार ५ सय, त्यस्तै ७ हजार ५ सय खानेलाई ९ हजार ५ सय र ११ हजार ५ सय खाने कर्मचारीलाई १२ हजार ५ सय उपलब्ध गराउने छ । नगरपालिका भित्र कार्यरत ९६ जना बालविकास सहजकर्ताका लागि भने प्रोत्साहन भत्ता सहित १० तलब उपलब्ध गराइने शिक्षा शाखा प्रमुख सिंहले बताउनु भयो ।
कोरोना भाइरसको महामारीका कारण भएको बन्दाबन्दीले विद्यालय नखुलेकाले विद्यालय खुलेसँगै प्रोत्साहन भत्ता उपलब्ध गराउने तयारी नगरपालिकाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close