नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको फुटसल प्रतियोगिता सम्पन्न

नेपाल विद्युत प्राधिकरणको ३९ औं बार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता भएको छ । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन, कर्णाली प्रदेश कमिटिको आयोजनामा भएको प्रतियोगिता नेपाल विद्युत प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयका कार्यालय प्रमुख शम्भु कुसियैत यादबले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा पुरुष तर्फका ८ टिम र महिला तर्फ ३ टिम गरी ११ टिम रहेका थिए । जसमध्ये नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालय, कोहलपुर सुर्खेत दैलेख १३२ के भि प्रसारणलाईन आयोजना, सल्यान बितरण केन्द्र, जुम्ला बितरण केन्द्र, दैलेख बितरण केन्द्र, सुर्खेत बितरण केन्द्र को क , ख, ग, टिम सहभागि छन् । यस्तै महिला तर्फ कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत बितरण केन्द्रको क र ख टिम रहेका छन् ।

प्रतियोगितामा पुरूष तर्फ प्रथम जुम्ला बितरण केन्द्र, द्धितिय दैलेख वितरण केन्द्र भएको छ । प्रतियोगितामा जुम्ला वितरण केन्द्रका टिम क्याप्टेन मदन कुमार महत रहेका थिए भने दैलेख बितरण केन्द्र टिम क्याप्टेन नरेशदत्त रावल रहेका छन । यस्तै महिला तर्फ टिम क्याप्टेन लक्ष्मी थापा रहेको सुर्खेत बितरण केन्द्र प्रथम भएको छ भने द्वितिय टिम क्याप्टेन अनिता कडेल रहेको सुर्खेत वितरण केन्द्र भएको छ । प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमलाई केन्द्रिय अध्यक्ष रामकुमार थेबेले प्रमाणा पत्र ट्फी र मेडल हस्तान्तरण गरेका छन् ।

प्रतियोगितामा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष रामकुार थेबे, उपाध्यक्ष लोक बिक्रम मल्ल, सचिवालय सदस्य पदमराज जोशी, पुर्णबहादुर खाती, केन्द्रीय सदस्य मिलन सुबेदी, बिर बहादुर भण्डारी, लोकेन्द्र जङ्ग शाही, लियागत अलि , नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष माधव ढकाल, प्रादेशिक कार्यालयका लेखा प्रमुख, प्रशासन प्रमुख, कोहलपुर सुर्खेत दैलेख १३२ केभी प्रशारण लाइन आयोजनाका आयोजना प्रमुख, प्राविधिक प्रमुख, लेखा प्रमुख, प्रशासन प्रमुख, दैलेख बितरण केन्द्रका कार्यालय प्रमुख, लेखा प्रमुख, प्रशासन प्रमुख, सुर्खेत बितरण केन्द्रका बितरण केन्द्र प्रमुख, ईन्जिनियर लेखा प्रमुख , प्रशासन प्रमुख लमहि बितरण केन्द्रका केन्द्र प्रमुख, कर्मचारी युनियनका प्रदेश अध्यक्ष सहित प्रदेश समितिका अन्य पदाधिकारीहरू कर्मचारी युनियनको ईकाई समितिका पदाधिकारीहरू, कर्मचारी संघका प्रदेश अध्यक्ष, सुर्खेत १२३ केभी सव स्टेसन आयोजनाका लेखा प्रमुख लगायत नेपाल बिधुत प्राधिकरणका सम्पुर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सहभागि बक्ताहरुले उठाएका विषयवस्तुलाई केन्द्रीय अध्यक्ष रामकुमार थेवेले संवोधन गरेका थिए । नेपाल बिधुत प्राधिकरण कर्मचारी युनियनका प्रदेश अध्यक्ष भरत रिजालको अध्यक्षतामा भएको थियो । कार्यक्रम कर्मचारी युनियनका तुलस विकले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close