Murti

वडा नं. १६ मा राहत वितरण

कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन थप गरेसँगै वीरेन्द्रनगर नगरपालिका वडा नं. १६ मा बसेर ज्याला मजदुरी गर्ने तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई वडा कार्यालयले राहत वितरण गरेको छ ।
वडा अध्यक्ष पूर्णबहादुर ढकालका अनुसार वडा नं. १६ का विपन्न र ज्याला मजदुरी गर्ने घरपरिवारलाई खाद्यन्न वितरण गरिएको हो । वडाका १ सय ३७ घर परिवारलाई चामल, दाल, नुन, तेल राहत स्वरुप उपलब्ध गराइएको छ ।
जीवन धान्न समस्यामा परेका घरपरिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष ढकालले बताउनु भयो । वडाले चार भन्दा बढी व्यक्तिको परिवारलाई ३० केजी चामल, दुइ केजी दाल, नुन, खाने तेल दिएको छ । त्यस्तै चारभन्दा कम भएका परिवारलाई त्यसको आधा वितरण गरिएको उहाँले बताउनु भयो ।
वीरेन्द्रनगर नगरपालिकाले राहत र कोरोना नियन्त्रणमा खर्च गर्न आफ्नो विपद् व्यवस्थापन राहत कोषबाट प्रत्येक वडालाई रु पाँच पाँच लाख विनियोजन गरेको थियो ।

फोटोः ललित वलीको फेसवुकबाट
Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close