Murti

कर्णाली प्रदेशका १० जिल्लामा चर्चामा आउन चुनाव उठेका यी २२ उम्मेदवारले १०० भोट पनि ल्याएनन्

कर्णाली प्रदेशका १० जिल्लामा १०० भोट नकटाउने उम्मेदवारसमेत रहेको समाचार थाहाखबरमा हेमन्त केसीले लेखेका छन् । समाचार अनुसार प्रदेशभरबाट १९० उम्मेदवार मध्य २२ जनाले १०० भोट पनि नकटाउँदा जमानतसमेत जफत भएको छ।

नेपाल मजदुर किसान पार्टी नेमकिपाका धेरैजसो उम्मेदवारहरुले १०० भोट नकटाएका हुन्। प्रतिनिधिसभा तर्फका ७४ मध्ये १० जना उम्मेदवारले १०० सय कटाएनन्।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ नेमकिपाका प्रेम कुमार थापाले ५९ मत, राप्रपा नेपालका जीवन चन्दले ३२ मत, मंगल नेशनल अर्गनाइजेसन पार्टीका शेरबहादुर घर्तीमगर कुखुराको भालेले  २९ मत प्राप्त गरेका छन्। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेश्नलिष्ट पिपल्स पार्टी लाटोकोसेरोका कुमारी राईले ५० मत, दैलेख क्षेत्र नम्बर १ मा उम्मेदवार दिएका बिपी कांग्रेसका भुपालबहादुर थापाले ६६ मत प्राप्त गरे।

त्यस्तै, कालीकोटबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार स्वतन्त्र उम्मेदवार सूर्यमुखी धनप्रसाद पाण्डेले ८२ मत, मुगुमा स्वतन्त्र उम्मेदवार दिएका जोडी चप्पल उम्मेदवार कृष्णबहादुर सेजुवालले ६७ र स्वतन्त्र पुतली उम्मेदवार भीम चन्द्र हमालले ३८ मत पाएका छन्। डोल्पामा स्वतन्त्र उम्मेदवार वीरबहादुर रोकाय खरायोले जम्मा १० तथा नेकपा माक्सवादी पुष्पलाल पार्टीका हर्कबहादुर ठकुल्लाले ५३ मत प्राप्त गरेका छन्।

यस्तै, ११६ वटा प्रदेशसभा सदस्य पदका उम्मेदवारहरु मध्ये १२ जनाले १०० मत पनि कटाउन सकेका छैनन्। सुर्खेत १ क बाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका गंगे कामीले ४९ मत, राप्रपा नेपालका लालबहादुर गुरुङले ४७ र नेमकिपाका पुष्प रान रानाले २३ मत पाए।  सुर्खेतकै १ ख नेमकिपाका मनकली रामजालीले ६३, स्वतन्त्र उम्मेदवार जेब्रा देव बहादुर चन्दले ९  मत पाए।

निर्वाचन आयोगको तथ्यांकअनुसार हुम्ला २ मा राप्रपाका नैन बहादुर रावतले ९८ तथा जनता समाजवादी पार्टी नेपालका बलीराज शाहीले ४१ र राप्रपा नेपालका सुमन रावतले पनि २१ मत पाए।  १०० भोट नपाउनेको सूचीमा मुगु २ मा स्वतन्त्र उम्मेदवार जगत बहादुर धामी पनि छन्। उनले १५ मत पाएका छन्। सुर्खेत २ क मा राप्रपा नेपालका मानबहादुर गाइन र नेपाल लोकतन्त्र पार्टीका पूर्ण बहादुर सुनारको पनि १०० मत कटाउन सकेकन्। उनीहरुले २२ मत प्राप्त गरे भने २ ख मा नेमकिपाका गगन कामीले ९४ वटा मात्रै भोट पाए।

थाहाखबरबाट

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close