लोडसेडिङ अन्त्य कुलमानले गरेकाे होइन, ओलीले गर्नुभएको हो : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङ कुलमान घिसिङले हटाएको नभएर प्रधानमन्त्री केपी ओलीले हटाएको दाबी गरेका छन् ।

प्युठानमा आयोजित अग्रकार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले लोडसेडिङ अन्त्यको जस प्रधानमन्त्री ओलीलाई दिनुपर्ने बताएका हुन् ।

कुलमान घिसिङले विद्युत चुहावट मात्र नियन्त्रण गरेको दाबी गर्दै उनले भने, ‘लोडसेडिङ अन्त्यको आधार ओलीले तय गर्नुभएको थियो ।’

नेपालका लागि २ सय ५० मेगावाट विद्युत अपुग भएको बेला ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्य गरेको पोखेरेको तर्क थियो ।

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङको गत भदौमा समाप्त भएकाे थियाे । कार्यकाल सकिएपछि उनलाई पुनर्बहाली गर्नुपर्ने माग गर्दै नागरिक तहबाट दबाब आएको थियो ।

ओलीकै निर्देशनमा घिसिङलाई पुनर्नियुक्ति गर्न नसकिएको निवर्तमान ऊर्जामन्त्री वर्षमान पुनले बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close