जन्मदिनमा विद्यालयलाई फिल्टर सहयोग

अमेरिका बस्ने जयन्ती थापाले आफ्नो छोरी सुजन चन्दको जन्मदिनको अवसरमा सुर्खेतको एक विद्यालयलाई पानी खाने फिल्टर सहयोग प्रदान गरेकी छन् । जयन्तीले छोरीको २० वर्ष प्रवेश गरेको अवसरमा वीरेन्द्रनगर १२ को जनजागृत प्रावि पदमपुरलाई ६ वटा फिल्टर सहयोग गरेकी हुन् । जयन्तीको तर्फबाट आमा पार्वती थापा र बुवा धर्मजंग थापाले विद्यालयका प्रधानाध्यापक ज्ञानु गैरेलाई ती फिल्टर विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
जयन्ती थापाले सो विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुले शुद्ध एवम् स्वच्छ पानी पिउन पाउन् भन्ने उद्देश्यले फिल्टरहरु हस्तान्तरण गरेको बताइन् । सो अवसरमा विद्यालय परिवारले केक काटेर सुजन को जन्मदिन समेत मनाएको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष लोकप्रसाद चालिसेले विद्यार्थीलाई शुद्ध पानीका लागि जयन्तीले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

विद्यालयका प्राधानाध्यापक ज्ञानु गैरेले निरन्तर विद्यालयलाई भौतिक, आर्थिक तथा शैक्षिक सहयोग निरन्तर गरिरहने जयन्ती थापाप्रति आभार व्यक्त गरिन् । बुवा धर्मजंग थापाले छोरी जयन्तीले गरेको समाजसेवाले आफ्नो जीवन पनि सफल भएको बताए । जयन्तीले विभिन्न अवसर पारेर सामाजिक काममा सहयोग गर्दै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close