राष्ट्रिय सभा सदस्य निर्वाचनकाे कर्णालीमा मतदान सम्पन्न, २ मत खसेनन् ।

सुर्खेत, १२ माघ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा कुल १९१ मतदाता मध्ये १८९ जनाले मत हालेका छन् । विहान ९ बजेबाट शुरू भएको मतदान प्रक्रियामा प्रदेश सांसद र पालिकाका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्षहरूले मतदान गर्नु भएको छ ।

कर्णाली प्रदेशमा प्रदेश सदस्य र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित एक सय ५६ जना मध्ये १५५ जनाले मतदान गर्नु भएको हो । यस्तै गरी ३५ सदस्यीय प्रदेश सभासदहरु मध्ये ३४ जनाले मात्र मतदान गर्नु भएको निर्वाचन कार्यालयले जनाएको छ । पालिका मध्ये कालिकोट तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली र राप्रपाकी सांसद सोशिला शाहीले मतदानमा सहभागि नभएका हुन ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हो । कर्णाली प्रदेशमा जम्मा मतभार ४ हजार ४ सय ८८ रहेको छ । प्रदेश सभाका सदस्यको एक हजार ६ सय ८० र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार दुइ हजार ७ सय रहेको छ । सत्तारूढ गठबन्धनमा रहेको माओबादी केन्द्रको सबैभन्दा बढी मतभार रहेको छ । माओवादी केन्द्रको सांसद संख्या १२ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ५२ रहेको छ । जसको मतभार एक हजार ५ सय १२ हुन्छ । कांग्रेसको कर्णालीमा प्रदेशमा सांसद संख्या ६ र स्थायी तहको प्रमुख, उपप्रमुखको संख्या ४० रहेको छ । जसको मतभार १ हजार ८ हुन्छ ।
महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी तीन सिटका लागि ६ जना प्रतिस्पर्धामा रहनु भएको छ ।

कर्णालीबाट राष्टिय सभाका लागि महिलातर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट कांग्रेसकी दुर्गा गुरूङ, प्रमुख प्रतिपक्षी एमालेकी गंगा थापा ९महत० बीच प्रतिस्प्रर्धा रहेको छ भने अपाङ्गगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट माओबादी केन्द्रका नरबहादुर विष्ट र एमालेका पदमबहादुर माझी चुनावी प्रतिस्प्रर्धामा हुनुहुन्छ । यस्तै अन्य समूहतर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहोरा र एमालेका चुडामणि शर्मा बीच प्रतिस्प्रर्धा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close