Murti

रूसी तेलको मूल्य प्रति ब्यारेल ६० डलरमा सीमित गर्ने इयुकाे निर्णयप्रति रूसकाे आपत्ति

 जी सेभेनसहित युरोपेली युनियन (इयु) ले रुसी तेलमा प्रति ब्यारेल ६० डलरको सीमा तोकेकोप्रति रुसले आपत्ति जनाएको छ ।

साथै रुसले उपयुक्त जवाफ दिने चेतावनी समेत दिएको छ । जी सेभेन, इयु र अष्ट्रेलियाले शुक्रबार रुसी तेल बढीमा ६० डलर प्रति ब्यारेल भन्दा बढीमा खरिद गर्न नहुने निर्णय गरेको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले भने रुसी तेलको मूल्य अझै बढी भएको भन्दै असन्तुष्टि जनाउनु भएको थियो ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जी सेभेन र इयुको निर्णय स्वीकार्य नभएको भन्दै उपयुक्त समयमा उपयुक्त जवाफ दिने बताउनुभएको हो । जी सेभेन र इयुले रुसको आम्दानी घटाउने र विश्व बजारमा इन्धनको मूल्यस्थिर राख्ने भन्दै उक्त निर्णय गरेका हुन ।

उता, भियनास्थिन रुसी स्थायी नियोगका प्रतिनिधि युलियानोभले यसै वर्षदेखि नै युरोप रुसी तेलमुक्त हुने चेतावनी दिएका छन् । रुसले यस अघि नै जसले बजार मूल्य भन्दा तलको मूल्य तय गर्छन वा त्यसलाई समर्थन गर्छन उनीहरुलाई तेल आपूर्ति बन्द गर्ने निर्णय पहिल्यै गरिसकेको उनले बताएका हुन् । ट्वीटर मार्फत मिलियानोभले इयुले रुसमाथि इन्धनको हतियार चलाएको समेत आरोप लगाएका छन् ।

रुसी तेलका सबै भन्दा ठूला खरिदकर्ता चीन र भारतले भने जी सेभेन र इयुको मूल्य सीमाप्रति कुनै टिप्पणी गरेका छैनन् ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close