
चारदलीय सत्ता गठबन्धनले संसद्मा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गरेको छ।
बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले निरन्तर संसद् अवरोध हुँदा संसद्प्रति नै नकारात्मक धारणा बन्न सक्ने भन्दै अवरोध हटाउन एमालेलाई आग्रह गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
‘संसद्को अवरोध हटाएर जनताका समस्यमा छलफल गर्ने वातावरण बनाउन प्रमुख प्रतिपक्षलाई आग्रह गर्ने निर्णय भएको छ’, कार्कीले भने।
गठबन्धन राजनीतिक स्थायित्व, सुशासन, कानुनी शासनको प्रत्याभूति दिलाउन बनेको भन्दै कार्कीले यही गठबन्धन अगाडि बढ्ने बताए।