
नेपाली कांग्रेसको पाँच सह महामन्त्रीको मतगणना जारी रहेको छ । शुक्रवार केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजेपछि मतगणना सुरु भएको हो ।
यसअघि बिहीबार कुल आठमध्ये तीन कलस्टरमा सह महामन्त्रीको मतगणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना) जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकनु भएको ।
आज मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, खसरआर्यको मतगणना सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिनु भएको छ ।
खसरआर्यतर्फ देउवा समूहका किशोरसिंह राठौरले अग्रता लिनु भएको छ । उहाले शेखर समूहका देवराज चालिसेलाई पछि पानु भएका े हो । अहिलेसम्म दुई सय मत गनिसकिएको छ । जसमा राठौरले एक सय सात र चालिसेले ९१ मत पाउनु भएको छ ।