
- मंगलबार, ६ फागुन, २०७६
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले भ्रष्टाचार विरुद्धको अभियान लिएर गाउँ जाने निर्णय गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हालै सम्पन्न केन्द्रीय समितिको बैठकबाट भ्रष्टाचार विरुद्धको अभियान लिएर गाउँतहसम्म जाने निर्णय गरेको जानकारी दएको छ ।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले सरकारले संघीय निजामती ऐन नल्याउँदा समस्या भएको भन्दै चाँडो ऐन ल्याउन माग गरे ।
उनले ट्रेड युनियन खारेज गर्ने र युनियनको अधिकार खुम्च्याउने सरकारको नियत विरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिए ।
देवकोटाले सेवा प्रवाह र सादाचारमा सवलीकरण गर्नको लागि जिल्लास्तरसम्म समन्वय गरी पालना गर्नका लागि आग्रह गरिने बताए ।
संगठनले पेश गरेका सुझावहरुको सुनिश्चितताका लागि आन्दोलन तयारी तथा परिचालन समितिसमेत बनाएको छ ।
संगठनले आफ्नो हक, अधिकारमात्र नभई राष्ट्रियताको विषयमासमेत आफ्नो भूमिकालाई प्रभावकारी बनाउने जनाएको छ ।