राष्ट्रिय भलिबल प्रतियोगितामा घरेलुटोली कर्णालीको पहिलो जितःकोशीले बाग्मतीलाइ, पुलिसले लुम्बिनीलाइ र गण्डकीले सुदुरलाई हरायो

घरेलु टोली कर्णाली प्रदेशले वीरेन्द्रनगरमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।आज भएको दोस्रो खेलमा कर्णालीले मधेस प्रदेशलाई तीन शून्यको सेटमा हराउँदै तीन अंक जोड्न सफल भएको छ।

पहिलो सेट २५-२० ले जितेको कर्णालीले दोस्रो सेट , २५-२१ र  तेस्रो सेट २५-१७ ले जितेको हो। कर्णाली पहिलो खेलमा आर्मीसँग ३ सुन्यको सोझो सेटमा पराजित भएको थियो भने मधेशले सुदूरपश्चिम प्रदेशलाई ३-२ को सेटमा हराएको थियो।

आजै भएका खेलमा कोशीले बाग्मतीलाई र नेपाल पुलिस क्लबले लुम्बिनीलाई समान ३ शून्यको सेटमै हराएका छन। यसैगरी गन्डकी प्रदेश पनि विजयी सुरुवात गरेको छ। आज भएको अन्तिम खेलमा गन्डकीले सुदुरपश्चिमलाई चार एकको सेटमा हराउँदै पूरा तीन अंक जोड्न सफल भएको छ । गन्डकीले  लगातार दुई सेट जित्दा तेस्रो सेट जित्दै सुदुरले खेलमा फर्कने प्रयास गरेपनि रोमान्चक बनेको चौथो सेट गुमाएपछि अंक जोड्ने मौंका गुमाउन पुग्यो।

प्रतियोगितामा दुई /दुई खेल खेलेका कर्णाली, लुम्बिनीले र मधेशले एक खेल जित्दा एक खेल हारेका छन भने वागमति र सुदुरपश्चिमले लगातार दुर्इ खेल हारेका छन । यसैगरी एक खेल खेलका गन्डककी प्रदेशका साथै तीन वटा विभागिय टोली पुलिस क्लब, सशत्रको एपिएफ र त्रिभुवन आर्मी क्बलले शतप्रतिशत नतिजा निकालेका छन।  प्रतियोगितामा भोली तेस्रो दिन पनि चार वटै खेल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close