तरकारी खेतीले जोडिन गीताले घर जग्गा

खुम वली
सुर्खेत २८, पुस ।
बीरेन्द्रनगर १० की गिता गौतमले आफ्नो पाँच कठ्ठा जगामा तरकारि खेती र पशुपालन गर्दै स्वरोजगार बन्दै आएकी छन् ।
२०६० सालदेखि तरकारि खेति संगै पशुपालन सुरु गरेकि गौतमले अहिले यहि पेशा बाट मनग्य आम्दानी गर्दै आएकि हुन् । उनको घर खर्च यहि पेशाबाट चलीको छ । उनले तरकारि खेती गरेरै छोराछोरिलाई उच्च शिक्षा दिएकी छन् । तरकारी खेतीको आमदानीले घर,जग्गा र घडेरी पनि जोडेको गौतमको भनाइ छ ।

विगत भने उनको यति सुखान्तः नभएकोे अनुुभव छ । पैसाको अभावमा समय समयमा दुःख पाएको बताउने गौतमको सफलतामा साना किसान सहकारी संस्थाको हात रहेको उनले बताइन ।
आफ्नै खेतमा तरकारीबाट आम्दानी हुन थालेपछि श्रीमानलाई समेत कामका लागि बाहिर जाने बाध्यतालाई हटाएको उनको भनाइ छ । अहिले साना किसान सहकारी संस्थको ऋण अनुदानमा उनले टनेलमा टमाटर खेती, आलु खेती, सागपात र भैसी पाल्ने काम गरेकी छन् । मेहनत गरे आफै स्वरोजगार बन्न सकिन्छ भन्ने गतिलो उद्दाहरण गौतमले दिएकी छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close