संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदादाहा गर्ने युवकको निधन

काठमाडौँमा मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि प्रेममप्रसाद आर्चायको निधन भएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको डाक्टर किरण नकर्मीले जानकारी दिएका छन्।
शरिरको अधिकांश भाग जलेका कारण उनलाई बचाउन नसकिएको चिकित्सकको भनाइ छ। ​
इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका थिए ।
तत्काल प्रहरीले आगो निभाएर अस्पताल लिँदा गम्भीर घाइते उनको शरीरको ८० प्रतिशत भाग जलेको पाइएको थियो।
मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्की उनलाई भेट्न अस्पताल पुगेकी थिइन्।

 

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close