बैतडीको एक घरमा आगलागी

बैतडीको एक घरमा आगलागी भएको छ। जिल्लाको मेलौली नगरपालिका(८ कोटीगाउँ हल्दोडाका कृष्णसिंह बिष्टको घरमा बिहीबार राति आगलागी भएको हो।
रातिको समयमा चुल्होबाट सल्केको आगोले घरभित्र रहेका लत्ताकपडा, अन्न लगायत जलेर नष्ट हुँदा ८७ हजार बराबरको क्षति भएको स्थानीय दिपेन्द्रसिंह सुतारले बताउनुभयो। आगलागी भएको ३ घण्टापछि स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
आगलागी हुँदा घरभित्र भएका लत्तकपडा, एकथान सोलार, ५ हजार नगद, २ क्वीन्टल मकै, १ क्वीन्टल धान, ७५ किलो गहुँ लगायत घरभित्र भएका सबै सामग्री जलेर नष्ट भएका वडा अध्यक्ष तपेन्द्रसिंह बिष्टले बताउनुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close