
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । गत सोमबार दैलेखका १ जनामा कोरोना पुष्टी भएको थियो ।
बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ३ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो ।
‘आरडीटी गर्दा पोजिटिभ देखिएकामध्ये ३ जनाको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ,’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काले भने, ‘पीसीआरमा पोजिटिभ देखिएका ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’
बिहीबार भारतबाट फर्किएका १६ सय नागरिकमध्ये बबईमा ७ सय ४० जनाको आरडीटी गरिएको थियो ।
अहिलेसम्म चारै जनाको उपचार प्रदेश अस्पतालको उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक खड्काले जानकारी दिए ।