अभावमा गुज्रिदै सुर्खेतको सांकेतिक विद्यालय

कमल कुमार न्यौपाने
सुर्खेत २, पुस ।
सुन्ने र बोल्ने क्षमताको अभावमा हाउभाउबाट अध्ययन अध्यापन भइरहेको सुर्खेतको शिद्ध बहिरा बाल स्कुल आफै अभाव र समस्याबाट गुज्रिएको छ । सुन्न र बोल्न नसक्ने बालबालिकाको शैक्षिक केन्द्रका रूपमा स्थापित स्कुलले भवन, खेल मैदान, पाठ्यपुस्तक, शिक्षक, आवश्यक बजेट जस्ता विभिन्न कुराको अभाव खेप्दै आएको छ ।

वीरेन्द्रनगर ८ मा रहेको यो विद्यालय अहिले सुन्ने र बोल्ने क्षमता नभएका बालबालिका अध्ययन गर्न एउटामात्र विद्यालयका रूपमा छ । २०३७ सालमा स्थापित सुर्खेतका बड्डीचौर, मालारानी र गुमीमा रहेको यस्ता प्रकृतिका विद्यालयहरूलाई यसैमा गाँभिएको थियो । जीर्ण भवनमा कक्षा सञ्चालन गर्दै आएको विद्यालयमा अहिले कक्षा ९ सम्म ९० जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।


सुस्तश्रवण क्षमताका विद्यार्थीहरुले भौतिक संरचना, शैक्षिक सामग्री, अपांगमत्री सरंचनाको अभावसँगसँगै सांकेतिक भाषामा विज्ञ शिक्षकको अभावसमेत झेली रहेको विद्यार्थी शर्मिला बुढाले सांकेतिक भाषामा बताउनु भयो । उहाँले उचित स्रोतसाधन र अपर्याप्त शिक्षक दरबन्दीका कारण आफुहरुले समस्या भोग्नु परेको बताउनु भयो ।
विद्यार्थीहरुले समस्या भोग्नु परेको छ । विशेष शिक्षामार्फत सञ्चालन भएको विद्यालयमा बहिरा विद्यार्थीलाई पढाउने विशेष शैक्षिक सामग्रीको समेत अभाव रहेको छ ।

विद्यालयले भने भौतिक संरचना, शैक्षिक सामग्री लगायत शिक्षक अभाव स्थापनाकालदेखि नै भोग्दै आएको छ । एक तथ्यांक अनुसार १० जना सुस्तश्रवर्ण भएका विद्यार्थी बराबर एक जना शिक्षक अनिवार्य हुनुपर्ने देखिन्छ । तर कक्षा ९ सम्म सञ्चालित विद्यालयले भने विषय शिक्षकसँगै सांकेतिक भाषामा विज्ञ शिक्षक पाउन सकेको छैन ।

श्रवणशक्ति नभएका विद्यार्थीका लागी अध्ययन गर्ने प्रदेशकै एक मात्र विद्यालय भएकालेपनि विधार्थीहरु आउने क्रम वढ्दो छ । तर आर्थिक अवस्था र पुर्वाधार नहुदा विधालयमा दिनप्रतिदिन समस्या हुने गरेको छ । सांकेतिक भाषाको पढन पाठन हुने विद्यालयको पहिचान जोगाउन र विद्यालयको शैक्षिक स्तर बृद्धि गर्न प्रदेश सरकारको ध्यान जान जरुरी देखीन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close