अफगानिस्तानः युद्ध विभिषिकाबीच स्कूले विद्यार्थीको आशा र त्रासको यो तस्वीर

एजेन्सी, साउन ३२ । अफगानिस्तानमा दुई दशकपछि तालिबान लडाकूले केन्द्रीय सत्ता कब्जा गरे । चारैतर्फबाट राजधानीलाई घेर्दै अगाडी बढेका लडाकूले काबुल प्रवेश गरी सोमबारको बिहानै राष्ट्रपति भवन कब्जा गरे ।

तालिबान लडाकूले राजधानी कब्जा गरेसँगै अफगानिस्तानको अवस्था त्राहिमाम् बनेको छ । तालिबानी सत्तासँग त्रसित बनेकाहरु देश छाड्न विमानस्थलमा ओइरिएका छन् । थामिनसक्नु भीड ओइरिएपछि विमानस्थल नियन्त्रणमा लिएको अमेरिकी र नाटो सेनाले दर्जनौं पटक हवाई फायर नै गर्नुपरेको छ ।

अरु उडान सबै रोकेर पश्चिमी मुलुकका सैन्य विमानहरुले आ–आफ्ना नागरिकको उद्धार गरिरहेका छन् । काबुल छाड्न चाहने मानिसहरु हवाईजहाजकोभित्र पस्न संघर्ष गरिहेका दर्दनाक दृश्यहरु देखिएका छन् ।

शहरमा मूर्दाशान्ति छाएको छ भने कतिपय भवनहरुमा मुजाहिद्दिनका लडाकू बताउँदै लूटपाट थालिएको खबर पनि आइरहेको छ । यद्यपि, तालिबान प्रवक्ताले अशान्ति नमच्चाउन र लूटपाट रोक्न आफ्ना लडाकूहरुलाई आदेश दिएको बताएका छन् ।

यस्तै, त्रासका बीचमा काबुलकै केही स्थानमा स्कुले बालिबालिका किताब कापी च्यापेर विद्यालयतर्फ जाँदै गरेको तस्वीर बीबीसीले सार्वजनिक भएको छ । तालिबान लडाकाले राजधानी काबुल कब्जा गरेको भोलिपल्टको यो तस्वीरले अनेकन संकेत गरेको छ ।

उक्त दृष्यले युद्ध र त्रासको काेहरामका बीचमा पनि आशा र शान्तिको झिनो सम्भावना देखाएको छ । तालिबान नेताहरुले शरिया कानूनअन्तर्गत नै महिला र बालबालिकालाई उच्चतम स्वतन्त्रता दिइने भन्दै आश्वस्त गराउने प्रयास गरिरहेका छन् ।

देश नै युद्धको ट्रमामा रहेका समयमा यस तस्वीर भने सामाजिक सञ्जालमा भाइरल बनेको हो । यस्तो स्वतन्त्रता तालिबानले महिला र बालबालिकालाई कति समयसम्म दिनेछन् भन्ने प्रश्न पनि उनको दुई दशकअघिको शासन शैली सम्झनेहरुले गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close