Murti

राजतन्त्र र हिन्दू राष्ट्रबारे छलफल गर्न राप्रपाको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को केन्द्रीय कार्यसमितिको वैठक आज प्रारम्भ हुँदैछ।

सोमबार ११स्३० बजे बैठक डाकिएको छ। बैठक एसआर बैंकट धुम्बाराहीमा केहीबेरमा सुरु गर्ने तयारी गरिएको छ।

देशमा चौतर्फी संकट आएको भन्दै राजसंस्था सहितको प्रजातन्त्र, सनातन हिन्दुराष्ट्र, भ्रष्टाचारमुक्त प्रशासन, सुशासन, विकास र आर्थिक समृद्धीका मुद्दामा योजनावद्ध ढंगले अघि बढ्न बैठकले विस्तृत छलफल गर्ने राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले बताए ।

प्रवक्ता लावतीका अनुसार, ठूलाठूला घोटाला र भ्रष्टाचारका अपराधमा दण्डहिनताको अन्त्य, चुस्त दुरुस्त पार्टी संगठन र आन्दोलन लगायतका विषयमा वैठकले आगामी कार्यदिशा र कार्यभार समेत तय गर्नेछ ।

एस आर बैंकेट, धुम्बाराहीमा तीन दिन चल्ने बैठकमा राजनीतिक, संगठन र आन्तरिक विषयगत प्रतिवेदनहरू प्रस्तुत हुनेछ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close