सुर्खेतमा नक्कली डीएसपी पक्राउ

सुर्खेत प्रहरीले नक्कली डीएसपीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ठगी धन्दा चलाएर हिँडेका झापाका निलम भट्टराईलाई मंगलबार सुर्खेत प्रहरीले पक्राउ गरेको हो । प्रहरीले भट्टराईका साथबाट नक्कली डीएसपीको परिचय–पत्रसमेत बरामद गरेको छ ।

राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षक (इन्सपेक्टर) मा जागिर लगाइदिने भन्दै एक महिलासँग १३ लाख रुपैयाँ ठगि गरेको उजुरी आएपछि भट्टराईलाई पक्राउ गरिएको सर्खेतका प्रहरी उपरीक्षक (एसपी पदमबहादुर विष्टले जानकारी दिए । उनका अनुसार महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले जागिर लगाई दिने प्रलोभन दिएर ठगी गर्ने नक्कली डीएसपी सुर्खेत आसपासका क्षेत्रमा रहेको भन्ने सूचनाका आधारमा भट्टराईलाई पक्राउ गरिएको हो ।

झापा निवासी भट्टराईको ससुराली दैलेख रहेकाले सुर्खेत, बाँके, बर्दिया र काठमाडौंका सर्वसाधारण बढि ठगिएको अनुमान गरिएको छ । प्रहरीका अनुसार राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै भट्टराईले ठगी धन्दा गर्दै आएका थिए । लामो प्रयासपछि भट्टराईलाई महाशाखाको अनुरोधमा सुर्खेत प्रहरी पक्राउ गर्न सफल भएको हो ।

कालो रंगको गाडीमा हिँड्ने भट्टराईको हाउभाउ हेर्दा जो कोहीले पनि प्रहरीकै डीएसपी होला भनेर सहजै अनुमान गर्ने गरेको ठगिएका पीडितहरुले बताएका छन् । तर, पक्राउ परेपछि उनको सबै कर्तुत बाहिरिएको छ । पक्राउ परेका भट्टराईलाई सुर्खेत प्रहरीले आजै हवाईजहाजबाट महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौ पु¥याएको छ ।

पक्राउ परेका भट्टराईले केही दिनअघि कोहलपुर बसपार्कको एक मासु पसलबाट आफुहरु पत्रकार र ब्यूरो प्रहरी रहेको भन्दै रकम माग गरेका थिए । भट्टराईको समूहले बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा प्रहरी र पत्रकार हुँ भन्दै ठगी धन्दा चलाउँदै आएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close