जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ को मृत्यु, दुई बेपत्ता

जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । यस्तै, दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।

मृत्यु हुनेमा गणेश बहादुर शाही, उहाँका छोरा रमेश, श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलन रहेका छन् ।

बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा उनीहरूको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

उनीहरुका छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही भने पहिरोमा बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ ।

घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यसैबीच, गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close