लागु औषध सहित एकजना पक्राउ

लागु औषधसहित प्रहरीले पर्साबाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१० घर भएका २० वर्षीय सुजन ठकुरी छन् ।
उनलाई पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले रातोपाटीलाई बताए । आरोपीको साथबाट प्रहरीले १५ एम्पुल डाइजेपाम, १५ एम्पुल नुरफिन र फेनारगन १५ एम्पुल बरामद गरेको छ । टेपले कम्मरमा बेरेर लागु औषध लिएर हिँडेको अवस्थामा उनी पक्राउ परेका हुन् । उनको साथबाट २८० नाइट्राजेपाम ट्याब्लेट पनि बरामद गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close