Murti

साइकलमा आउने विद्यार्थीलाई छात्रवृत्ति

सुर्खेत,१४ माघ । सुर्खेतको एक क्याम्पसले साइकल चढेर आउने विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ ।
वीरेन्द्रनगरमा रहेको सिद्धपाइला क्याम्पसले साइकल चढेर क्याम्पस–घर आवतजावत गर्ने विद्यार्थीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट गर्ने घोषणा गरेको हो ।

‘हाम्रो क्याम्पसमा अहिले साढे चार सय जति विद्यार्थी अध्ययनरत हुनुहुन्छ, त्यसमा साइकल चढ्ने त ४-५ जना मात्र हुनुहुन्छ,’ क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले भने, ‘हामीले विद्यार्थीबाटै पर्यावरणलाई स्वस्थ राख्ने अभियान सुरू होस् भनेर साइकलमा क्याम्पस आउने, घर जाने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नेछौं ।’
विद्यार्थीहरू हरेक दिन विद्यालयमा साइकल चढेर आवतजावत गरेमा मासिक शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको उनले बताए ।

‘विद्यार्थीको शारीरिक तथा मानसिक तन्दुरुस्तीसँगै वातावरण प्रदूषण कम गर्न पनि यो अभियानले सहयोग पुग्छ,’ सुवेदीले भने, ‘विद्यार्थीबाट सुरू भएको यो अभियानबाट अरूले पनि सिक्न सक्छन् ।’ यो अभियानले पर्यावरणीय सन्तुलनसँगै इन्धनको समेत बचत हुने बताए ।
हरेक विद्यार्थी साइकलमा विद्यालय आउने गरेमा दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको उनले बताए ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close