कोभिड भ्याक्सिन ल्याउँदै गर्दा स्वास्थ्यकर्मीको लडेर मृत्यु

जाजरकोट, १६ भदौ ।

भेरी नगरपालिका–८ आधारभूत स्वास्थ्य केन्द्र स्याउलीमा कार्यरत स्वास्थ्यकर्मी गोपाल कार्कीको लडेर मृत्यु भएको छ ।

कोभिड भ्याक्सिन लिएर भूरबाट स्याउँदी आउँदै गर्दा भेरी नगरपालिका–८  कयारकाल्न भीरबाट लडेर कार्कीको मृत्यु भएको हो । नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले कोभिड भ्याक्सिन ल्याउँदै गर्दा कार्कीको डलेर मृत्यु भएको जानकारी दिए ।

बिहान ८ बजे भ्याक्सिन लिएर कार्की आएकोमा दिउँसोसम्म स्वास्थ्य संस्था नपुगेपछि खोजी गर्दा अपरान्ह ४ बजे उनको लडेर मृत्यु भएको पत्ता लागेको ओलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close