मौसम खराब भएपछि सम्पर्कबिहिन बन्छ, पश्चिम सुर्खेत

कमल कुमार न्यौपाने
असोज २३, सुर्खेत । सुर्खेतको पश्चिमी क्षेत्र मौसम खराब भएपछि प्राय जस्तो सम्पर्क बिहिन बन्ने गरेको छ । कर्णाली प्रदेश राजधानी सगँ नजिक रहेको यो क्षेत्र जुसुकै समयमा पनि सम्पर्क बिहिन बन्ने गर्दछ । राजधानीबाट नजिक भएता पनि प्राप्यता पुर्वाधार बिकास निर्माण नहुदा यस्तो समस्या आउने गरेको छ । आकाशमा बादल आएसगै सञ्चारबाट टाढा हुनु पर्ने अर्काे एक बाध्यता छ । सञ्चार सुबिधाको हकमा नेपाल टेलिकम तथा निजि सेवा प्रदायक कम्पनी एनसेल आफ्नो सेवा बिस्तार गरको छन् । डाँडाकाडामा सञ्चारका लागि राखिएका टावरले पश्चिम सुर्खेतलाई थप झिलिमिली बनाएता पनि मौसमा थोरै खराबी आउना साथ यी टावरले काम गदैनन् । सोलार प्यानलबाट टावरलाई बिद्युत उपलब्ध गराउने गरेका यी कम्पनीलाई आकाशमा लाग्ने बादल अर्काे चुनौती बन्ने गरेको छ । फोर जी सेवा समेत बिस्तार गरेका कम्पनीले पानी पर्दा सामान्य टेलिफोन सेवा समेत दिन हम्मेहम्मे हुने गर्दछ । बिद्युत सेवा नहुदा पानी पर्दा तथा सामान्य बादल आकाशमा देखिदा सुर्खेतका तिन पालिका सञ्चारको क्षेत्रबाट सम्पर्क बिहिन बन्ने गरेको यो कुनै नौलो घटना भने होईन । बिकासको पुर्वाधारमा बलियो खम्बाको रुपमा सञ्चारलाई पनि लिन सकिन्छ । तर पश्चिम सुर्खेतका नागरिक आकाशमा बादल तथा पानी पर्दा नेटर्वको सुबिधा भोग गर्न कहिले सम्म पाईएला भन्ने कसैले पनि आकंलन गर्न सकेका छैन् । गत मंगलबार बाट परेको अभिरल बर्षाका कारण पश्चिमका कयौ ठाउँमा क्षेती पुगेको छ । फोन सम्पर्क नहुदा महान चाड बडा दशै मनाउन गाउँ हिडेकाहरु अझै सम्पर्कमा आउन सकेका छैन्न जसले गर्दा पश्चिम सुर्खेतका नागरिकले हैरानी खेप्नु परेको छ । सेवा प्रदायक कम्पनीले सधै जसो बिद्युतको समस्या देखाउने गरेका छन् ।

यातायत
सञ्चारमा मात्र नभई सुर्खेत पश्चिम यातायतमा पनि सम्पर्क बिहिन हुने गरेको छ । बराहताल गाउँपालिकाको बड्डीचौर देखि पश्चिम लगाम सम्म पुग्ने सडकको अवस्था पनि उस्तै छ । सडकको ट्रयाक खुलेको झण्डै २९ बर्ष पुग्दा समेत हिलाम्मे सडकले यहाँका नागरिक हैरानी खेप्दै आईरहेका छन् ।यस क्षेत्रबाट सासंद बनेकाहरुले पटक पटक सडक कालोपत्रे गर्न भन्दै सिल्यानास गरेपनि हाल सम्म पनि काम भने हुन सकेको छैन । निर्वाचनको समयमा दलले प्रमुख चुनाबी एजेण्डा बन्ने यो सडकले मुख फेरेको हेर्न सुर्खेत पश्चिमका नागरिक आतुर बनेका छन् । मदन भण्डारी राजमार्गका रुपमा उक्त सडकको स्तोउन्नती गरिने भन्दै २०७४ सालमा संघिय सरकारले पुर्ब पश्चिम मदन भण्डारी राजमार्गको नक्सामा राखेपनि हाल सम्म पनि कुनै काम गर्न सकेको छैन । सडकमा पर्ने खोला र नालाले यात्रुहरुलाई बढि सास्ती हुने गरेको छ । सडकका कारण अहिले यात्रुमात्र नभई यो क्षेत्रका स्थानियपनि आक्रोशित बनेका छन् । सोही सडक कर्णाली प्रदेश सरकारले १४ किलोमिटर कालोपत्रे गर्न भन्दै गत असार २४ गते सिल्यानास गरेपनि हाल सम्म काम अगाडी बढ्न सकेको छैन् । एउटै सडकलाई पटक पटक सिल्यानास गर्दा नागरिकमा कालोपत्रेको आश भने मरिकेको छ । सधै उही राजनिती दलको चुनाबी नारालाई नागरिकले फेरी पनी निरन्तरता देलान त यो हेर्न बाकी नै छ ।

बिद्युत
सुर्खेत पश्चिमको अर्को मुख्य समस्या हो । बिद्युत नेपाल बिद्युत प्राधिकरणले बितरण गर्न बिद्युतको लाईनको पहुजँ भन्दा टाढा छ पश्चिम सुर्खेत सडक जस्तै बिद्युत पनि नेता तथा कार्यक्रताको चुनाबी नारा बन्न सफल भएको एक गतिलो उदारण बिद्युत, बिद्युत बिस्तारका लागि प्रयास भने नभएको होईन पटक पटक प्रयासहरु भएका छन् तर सफल भने हुन सकेका छैनन् । नेपाल बिद्युत प्राधिकरणको ३३ के भी लाईन कर्णाली राजधानीबाट पश्चिमको बाबियाचौर सम्म बिस्तार गरिने भन्दै २०७३ सालमा सब स्टेशन समेत निर्माण गरियो । तर हाल सम्म पनि उक्त सब स्टेशनमा बिद्युत पु¥याउन सकिएको छैन् । वीरेन्द्रनगरबाट ३३ के भी लाईन बिस्तारमा जग्गाको बिबादका कारण केही बर्ष पश्चिमका नागरिकको आशमाथि ठुलो ढुङ्गा लागेको थियो । हाल कर्णाली राजमार्गबाट बिद्युतका लाईन तान्ने काम भएता पनि कछुवा गतिमा भईरहेको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट बाबियाचौर सब स्टेशन सम्म लाईन बिस्तारका लागि बिद्युतका तार पु¥याईएपनी बिद्युत गाउँ गाउँ पुग्न केही समय लाग्ने निश्चित छ । गाउँघरमा साना लद्यु जल बिद्युत सञ्चालन भएता पनि ती बिद्युतले ठुला कलकारखाना चलाउन सक्ने अवस्थामा छैनन् ।

स्वास्थ्य
स्वास्थ्यमा समेत पश्चिम सुर्खेत धेरै पछाडी परेको अवस्था छ । पुर्वाधार पहुजँबाट बाहिर रहेको पश्चिममा स्वास्थ्यमा कुनै पनि ठाउँ भने अब्बल छैनन् । पश्चिमका तिन पालिकाका कुनै पनि ठाउँमा राम्रो स्वास्थ्य सेवा पाउन मुस्किल रहेको छ । स्वास्थ्य सस्थां निमार्णमा अगाडी रहेता पनि पुर्वाधार अभाबले पश्चिम सुर्खेतका नागरिक उपचारका लागि राजधानी नै पुग्नु पर्ने बाध्यता रहेको छ । सामान्य बिरामीलाई समेत वीरेन्द्रनगर पु¥याउनु पर्ने अवस्था रहेको छ । स्वास्थ्य सस्थांको नाम पञ्चपुरी २ पलैटेमा १५ सैयाको अस्पताल भएता पनि यहाँ साधन स्रोत नहुदा बिरामीहरुलाई राजधानी सम्म पुुग्नु पर्ने बाध्यकारी अवस्था रहेको छ । पलैटेमा जनशक्ती अभाबले भएका स्वास्थ्य सस्थांमा समेत स्तरिय सेवा दिन नसक्दा पश्चिम सुर्खेतका नागरिकले स्वास्थ्यका क्षेत्रबाट थप सास्ती भोग्न बाध्य रहेका छन् ।

शिक्षा
शिक्षाको क्षेत्रमा समेत पश्चिम सुर्खेत निकै पछाडी परेको अवस्था छ । कलेज तथा बिद्यालयको सख्यां धेरै भएता पनी राम्रो शिक्षा दिन नसक्दा बर्षनी हजारौको सख्यांमा बिद्यार्थीहरु बाहिरिने गरेका छन् । पुर्वाधारको अभाबमा शिक्षाको क्षेत्र पनि पश्चिम सुर्खेतमा भने जस्तो राम्रो बन्न सकेको छैन । बिद्यापुरमा बहुमुखी क्यापस भए पनि बिद्यार्थाी भने अन्यत्र जाने गरेका छन् । यातायत,बिद्युत,सञ्चार तथा अन्य बिकासका पुर्वाधार नहुदा शिक्षाको क्षेत्र पनि पश्चिम सुर्खेत निकै पछाडी परेको छ ।
नागरिकले पाउनु पर्ने सामान्य सेवा कहिले सम्म पाउला एकिन गर्न सक्ने अवस्था भने अहिले छैन् । गाउँगाउँमा सिहँदरवार पुगे पनि नागरिका समस्या कसैले पनि बुझ्न सकेका छैनन् । अब कहिले सम्म पश्चिम सुर्खेतका नागरिक सम्पर्क बिहिन बन्न पर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close