१५ लाखको लगानीमा ग्यारेज सञ्चालन

 

सुर्खेत,११ वैशाख । वीरेन्द्रनगर–८ कृष्ण मन्दिर टोल स्थित कालिञ्चोकमा १५ लाखको लगानीमा ‘हाइवे चप्रर्स ग्यारेज’ सञ्चालनमा ल्याइएको छ ।
शनिबार ग्यारेजको औपचारिक उद्घाटन गरिएको हो । सबै प्रकारका मोटरसाइकल, स्कुटीहरु र दुई पाङ्ग्रे सवारी साधनहरु मर्मत तथा सर्भिसिङ र पार्टहरु उपलब्ध गराउने उद्देश्यले ग्यारेज सञ्चालन गरिएको सञ्चालक मुना गौतमले बताइन् ।
म्यानेजमेन्टमा ब्याचलर पढ्दै गरेकी गौतमले स्वरोजगार बन्न यो व्यवसायको राम्रो सम्भावना रहेको बताइन् । ग्यारेजमा तीन जना घरका र दुई जना कालिगढले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

‘कोरोना महामारीले पनि स्वरोजगार बन्नुपर्ने उत्प्रेरणा मिलेपछि यो व्यवसायको राम्रो सम्भावना देखेर सुरुवात गरेकी हुँ,’ गौतमले भनिन्, ‘अहिले ग्यारेजमा तीन जना घरका र दुई जना कालिगढले प्रत्यक्ष रोजगारी पाएका छन् ।’
व्यवसायलाई पछि थप विस्तार गरी धेरैभन्दा धेरै बेरोजगार युवाहरुलाई रोजगारी दिने योजना सुनाउँदै एकै छानामूनी विभिन्न पार्टस् र सामग्रीहरु सहुलियत दरमा दिने लक्ष्य रहेको सञ्चालक गौतमले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close